नियम
संस्थाको अवधि र नवीकरण

(१) नियम ८ बमोजिम दिइएको प्रमाणपत्रको अवधि दुई वर्षको हुनेछ ।
(२) प्रमाणपत्र नवीकरण गर्न चाहने व्यक्तिले त्यस्तो प्रमाणपत्रको अवधि समाप्त भएको तीस दिनभित्र तीन हजार रुपैंया दस्तुर सहित अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र वार्षिक प्रगति विवरण संलग्न गरी रजिष्ट्रार समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको म्यादभित्र प्रमाणपत्र नवीकरण गराउन नसक्ने व्यक्तिले सो म्याद नाघेको पैंतीस दिनभित्र नवीकरण दस्तुरको पच्चीस प्रतिशत थप दस्तुर समेत राखी प्रमाणपत्र नवीकरणको लागि निवेदन दिन सक्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम निवेदन परेमा रजिष्ट्रारले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा त्यस्तो प्रमाणपत्र नवीकरण गर्न मनासिब देखेमा सो प्रमाणपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिमको म्यादभित्र पनि कसैले प्रमाणपत्र नवीकरण नगराएमा त्यस्तो प्रमाणपत्र स्वतः रद्द हुनेछ ।